दफा
दान, दातव्य, उपहार वा चन्दा लिनेलाई सजाय
  (१) आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नु पर्ने कुनै काममा कुनै प्रकारले असर पर्न सक्ने गरी कुनै राष्ट्रसेवकले कसैबाट   नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाको पूर्व स्वीकृति नलिई आफूले वा आफ्नो परिवारको कुनै सदस्य वा अरू कसैद्वारा कुनै प्रकारको दान, दातव्य, उपहार, कोसेली, चन्दा वा कुनै किसिमको लाभ स्वीकार गर्ने वा आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नु पर्ने कामसंग सम्बन्धित व्यक्तिसंँग सापटी लिने राष्ट्रसेवकलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि छ महिनासम्म कैद गरी बिगो जफत गरिनेछ ।
(२) राष्ट्रसेवकले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाको कोषको रकमबाट खरिद गरी कसैसँंग उपहार वा कोसेली आदान प्रदान गर्दा कसैबाट कुनै उपहार वा कोसेली प्राप्त गरेको भए त्यस्तो उपहार वा कोसेली अविलम्ब आफ्नो कार्यालयमा दाखिला गर्नु पर्नेछ । दाखिला नगरेमा उपदफा (१) बमोजिमको कसुर गरेको मानी सजाय गरी त्यस्तो उपहार वा कोसेली समेत जफत गरिनेछ ।